हेटौंडा । बुधबार राति मकवानपुरको भिमफेदी-३ कैलाशडाँडा ऐनाभिरमा लोडर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
हेटौंडा सिमेन्टको खानीबाट राजमार्ग तर्फ जाने बाटो सम्याउदै गरेको अनटेष्ट लोडर अनियन्त्रित भइ सडकबाट उन्दाजी १०० मिटर तल खोल्सिमा खसेर दुर्घटना हुँदा लोडर चालकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लोडर चालक भिमफेदी –३ चिलाउने बस्ने अन्दाजी २५ बर्षीय राजेन्द्र घलान रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी प्रवक्ता रिमालका अनुसार घलानको घटनास्थलमै ज्यान गएको हो ।








