फाइल फोटो
चितवन । चितवनमा गैँडाको आक्रमण बाट एक महिला घाइते भएकी छन । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा न १२ मा बस्ने गणेश बहादुर तामाङको श्रीमती २६ वर्षकी अष्मीता तामाङ रहेकी छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज ( बिहिवार ) दिउसो ०१ बजे र १५ मिनेटको समयमा राइनो ताल नजिकै निउरो टिप्न जाने क्रममा एक्कासी गैँडाले आक्रमण गर्दा घाईते भएकी थिइन् ।
घाइते भेटिएकी तामाङलाई प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीको टोलीले नँया मेडिकल कलेज भरतपुरमा पठाएको र उनको उपचार भई रहेको प्रहरीले जनाएको छ ।








