चितवन । दोस्रो लहरको कोरोना संक्रमणको पहिलो चरणको निशोधाज्ञाको अन्तिम दिन चितवन प्रशासनले निशेधाज्ञामा थप कडाई गर्दै लगेको छ ।
जसअनुसार शुक्रबार मात्र प्रहरीले निशेधाज्ञा अवज्ञा गर्ने २३४ वटा सवारीसाधन कारवाही गरी जरीवाना गरेको छ भने १६२ जनालाई होल्डमा राखेर छाडेको छ । ती सवारीसाधनको कारवाहीबाट प्रहरीले १ लाख ८सय रुपैयांँ राजश्व संकलन गरेको छ ।
यसैगरी निशेधाज्ञा उल्लघन गरी पसल सञ्चालन गर्ने १४ पसल कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ती पसलबाट प्रहरीले ७हजार रुपैयाां जरीवाना असुल गरेको हो ।
भोलिदेखि शुरु हुने निशेधाज्ञामा अवज्ञा गर्ने माथि थप कडा रुपमा प्रस्तुत हुनुका साथै कारवाही गरिने प्रशासनले जानकारी दिएको छ ।








