चितवन । चितवनमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारी अनुसार विगत २४ घण्टामा भरतपुरमा ११४ जना, खैरहनीमा ४, माडी नगरपालिकामा ८, रत्ननगरमा २१, राप्तीमा १४ र कालिका नगरपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै चितवनमा जम्मा संक्रमितको संख्या ११ हजार १५४ पुगेको छ । संक्रमितमध्ये घरमा आइसोलेसनमा तीन हजार ५२४ र अस्पतालको आइसोलेसनमा २१४ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो २४ घण्टामा कोरोना जित्नेहरुमा भरतपुर अस्पताल र चितवन मेडिकल कलेज (सिएमसी)मा उपचाररत १५/१५ जना र कलेज अफ मेडिकल साइन्सेसमा उपचाररत ५ जना रहेका छन् ।चितवनका विभिन्न अस्पतालमा उपचाररत संक्रमितमध्ये ३५ जना निको हुँदा कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयकाअनुसार चितवनका अस्पतालमा ज्यान गुमाउनेमध्ये भरतपुर अस्पतालमा उपचाररत १, सिएमसीमा उपचाररत ८ र कलेज अफ मेडिकल साइन्सेसमा उपचाररत ४ जना रहेका छन् । मर्नेहरुमध्ये चितवनका ६, रुपन्देहीका ३ तथा नवलपुर, मकवानपुर, कैलाली र कञ्चनपुरका १/१ जना रहेका छन् ।








