चितवन । चितवनमा एक लाख ७८ हजार २सय ८५ रुपैयांँ नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का घरधनी रोशन श्रेष्ठ, सोही वडाका तिलक बहादुर मगर, कमल श्रेष्ठ रहेका छन ।
यस्तै कमल श्रेष्ठ, टोप बहादुर गुरुङ्ग,भिम बहादुर श्रेष्ठ,नील पुन र प्रेम प्रसाद महत्तो पक्राउ परेका हुन् । रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि उनीहरुलाई शुक्रबार दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिनुभयो ।
उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








