चितवन । भरतपुर अस्पताल कोरोना भाइरसको संक्रमणबाट दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना भरतपुर महानगरपालिका २३ का ४० वर्षीय पुरुष र माडी नगरपालिकाका ५ का ६० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बैशाख १७ गते कोरोना पुष्टि भइ २० गते अस्पताल भर्ना भएका भरतपुरका पुरुषको आइतबार अपरान्ह मृत्यु भएको हो । अस्पतालका अनुसार स्वास्थ्य अवस्था जटिल भएका उनको उपचारका क्रममा आइतबार अपरान्ह ४ः३० बजे मृत्यु भएको हो ।
माडीका संक्रमित पुरुषको उपचारका क्रममा आज (सोमबार) बिहान ३ः३५ बजे मृत्यु भएको हो । २ गते कोरोना पुष्टि भएका उनलाई सोही दिन १२ बजे अस्पताल भर्ना गरिएको थियो ।








