चितवन । भरतपुर वडा नं. १६ मा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको वडाध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार प्रथम चरणको एन्टिजेन परीक्षण भएकोले संख्यात्मक रुपमा थोरैको उपस्थिति भएको बताए । समुदायस्तरमा पहिलो पटक भएर धेरैले थाहा नभएका कारण उपस्थिति न्यून भएको उनको भनाइ थियो । भरतपुर वडा नं. ३, ४ र १६ नगरभित्रका कोरोना संक्रमण शंकास्पद स्थानीयवासीलाई लक्षित गरी एन्टिजेन परीक्षण आज (बिहीबार) बाट सुरु गरिएको हो ।
उनले प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण गराइने जानकारी दिए । पहिलो चरणमा २०० किट ल्याइएको उनले बताए । समुदायस्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न एन्टिजेन परीक्षणले सहयोग मिल्ने उनको भनाइ छ ।
कोरोना भाइरस महामारीका कारण वडा हुने काम कारवाही पनि ठप्प छ । पछिल्लो समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको सबै नगरवासीहरुलाई सचेत हुन पनि उनले अपिल गरे ।








