चितवन । चितवन मेडिकल कलेजमा ७ जनाको मृत्यु भएको छ। पछिल्लो चौबिस घण्टामा ७ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार ५ जना पुरुष र २ महिलाको मृत्यु भएको छ ।
आजसम्म अस्पतालमा १३६ जनाको मृत्यु भएको छ जसमध्ये ८७ जना पुरुष छन भने ४९ जना महिला रहेकाछन । त्यस्तै २४ घण्टामा अस्पतालबाट १७ जना पुरुष र ५ महिला गरी जम्मा २२ जना बिरामी डिस्चार्ज भएको अस्पतालले बताएको छ ।








