चितवन । पुर्वी चितवनको कालिका–६, खोलेसिमलका ६८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । १ हप्ता अगाडि देखि भरतपुरको पुष्पाञ्जली अस्पतालमा उपचाररत उनको आज दिउसो निधन भएको स्वास्थ कार्यालय कालिकाका प्रमुख दिपक भण्डारीले बताएका छन ।
उनी मुटु, प्रेसर, सुगरका बिरामी समेत रहेका थिए । हाल सम्म कोरोनाका कारण कालिका नगरपालिकामा १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १५३ जना रहेकोे स्वास्थ कार्यालय कालिकाका प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो ।








