चितवन । नेपाल प्रेस युनियन चितवनका सल्लाहकार ईश्वरकुमार जोशीका दाजु प्रेमकुमार जोशीको ६३ बर्षको उमेरमा आज आइतबार भएको असामयिक निधनमा प्रेस युनियन, चितवनले शोक व्यक्त गरेको छ ।
युनियन, चितवनका अध्यक्ष अनिल ढकालद्धारा जारी वक्तव्यमा उहाँको असामयिक निधनले प्रेस युनियन अत्यन्त स्तब्ध र मर्माहत भएको जनाइएको छ ।
वक्तव्यमा नेपाल प्रेस युनियन यस शोकको घडीमा स्वर्गीय जोशी प्रति श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।









