चितवन । शुक्रबार राती राष्ट्रपति विद्या भण्डारीद्धारा प्रतिनिधि सभा विघटन गरेपछि यसको विरोधमा शनिबार देखिनै चितवन लगायत देशका विभिन्न ठाउंँमा विरोध प्रर्दशन र पुत्ला दहनका कार्यक्रमलाई तीब्र पारिएको छ । चितवनका मुख्य शहर भरतपुर, टांँडी एवं माडी लगायतका विभिन्न स्थानहरुमा नेपाली कांँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रमलाई निरन्तरता दिएको छ ।
यसैक्रममा आज सोमबार सांँझ कालिका नगर समिति इकाइले संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । कालिका नगरपालिकाको हाइस्कुल रोडमा धानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेविसंघ जिल्ला सहसचिव अशोक लामा स्याङ्गतानको नेतृत्वमा पुत्ला दहन गरिएको थियो ।
नेपाली कांँग्रेस, भातृसंगठन तरुणदल , नेविसंघका नेता तथा कार्यकर्ताहरुले केपी ओली मुर्दावाद लगायतका नारा लगाएर विरोध प्रर्दशन गरेका थिए । नेबि संघ जिल्ला सह–सचिव अशोक लामा स्याङतान नेतृत्व र तरूणदल कालिका नगर ईकाई उपाध्यक्ष टंक थिङ् , सन्तोष स्याङतान जिल्ला सदस्य लगायत दर्जनौं युवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
लोकतन्त्रको विरुद्ध राष्ट्रपतिले चालेको कदम प्रति खेद प्रकट गर्दै विभिन्न राजनैतिक दल, सामाजिक संस्थाहरुले पनि असन्तुष्टी जनाएका छन । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधि सभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि चुनावको मिति कात्तिक २६ र मंसिर ३ गतेलाई तोकिएको छ ।
यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।








