चितवन । दुईदिनदेखि परेको अविरल बर्षाका कारण आज शुक्रबार पानीको बहाव ह्वात्तै बढेको छ । पानीको बहाव बढेसंँगै नारायणी नदी वरपरका वस्तीहरु जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रशासनले आज एक सुचना जारी गर्दै लगातार परेको पानीका कारण नदी कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिमामा रहेका बस्तिहरुमा आवश्यक सतर्कत अपनाउन अनुरोध गरेको हो । हाल चितवनमा लगातार पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक दुई दिन अझै पनि पानी पर्ने देखिएकोले नारायणी तथा राप्ती जस्ता ठुला र अन्य स– साना खोलाहरुमा पानीको बहाब बढ्न गई नदी खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
बाढी सहित विभिन्न स्थानमा पहिरो जान सक्ने भएको हुँदा नदी कटाण डुबान र बढी र पहिरोको उच्च जोखिमामा रहेका त्यस्ता स्थान वस्तीहरुमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।








