नवलपुर । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम (सीजी) मा आगलागी भएको छ । उद्योग भित्र रहेको नेपाल आइस वियर उत्पादन हुने प्लान्टमा आगलागी भएको छ । उद्योगभित्र भएको आगलागी मुख्य राजमार्ग बाटै देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले आगलागी भएको स्थानमा प्रहरी टोलि खटिएको र आगो नियत्रणमा आएको बताए । आगो नियन्त्रणमा लिन तिन बारुणयन्त्र प्रयोग गरिएको थियो । कागज काटुन प्लान्टमा आगलागि भएको हुदा आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।
आगलागि हुदा बियर राख्न प्रयोग गरिने काटुन धेरै मात्रामा जलेर नष्ट भएको छ ।








