चितवन । चितवनका केही स्थानमा आज (शनिबार) विद्युत् अवरुद्ध हुने भएको छ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत्का पोलहरु सार्ने काम भएकाले विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ४ घण्टा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको हो ।









