चितवन । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञामा समस्यामा परेका महिला मजदुरलाई मैयाँदेवी ट्रष्टले खाद्यन्न सहयोग गरेको छ । निषेधाज्ञाका कारण रोजगार विहीन भएपछि बिहान बेलुकीका छाक टार्न समेत समस्या भएका भरतपुर र नारायणगढ क्षेत्रमा बस्दै आएका २० जना महिलालाई आज(आईतवार) नारायणगढमा खाद्यन्न सहयोग गरेको हो ।

क्षेत्रपुरमा रहेको माइती नेपालको कार्यालयमा आएका महिलालाई १५ केजि चामल, २ केजि दाल, २ केजि चना, १ पोका नुन र १ पोका स्वाविन तेल राहत स्वरुप वितरण गरिएको मैयादेवी ट्रष्टका सचिव टंकनाथ पौडेलले जानकारी दिए । यसअघि पनि जिविका चलाउन समस्या भएको व्यक्तिलाई राहत वितरण गरिएको उनले जानकारी दिए । आफ्नो संस्थाले अप्ठेरोमा परेका श्रमिक र मजदुरलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

केही दिनमा निःशुल्क खानाको व्यवस्था गर्ने तयारी रहेको समेत उनले बताए । टोल छिमेकमा कसैलाई खानका लागि समस्या भएमा जानकारी दिन समेत पौडेलले आग्रह गरे । छाक टार्न समस्या परेको समयमा खाद्यन्न सहयोग गरेकोमा मैयाँदेवी ट्रष्टलाई धन्यवाद दिएका थिए । आगामी दिनमा पनि सहयोग गर्न उनीहरुले अनुरोध गरे ।

मैयाँदेवी ट्रष्टका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मैयाँदेवी ट्रष्टका सचिव टंकनाथ पौडेल, कालिका एफ.एमका निर्देशक दिपक पौडेल, स्वयसेवि तारा परियार लगायतको उपस्थिति रहेको थियो । माईती नेपाल चितवले राहत वितरणको समन्वय गरेको कार्यक्रमको सहजिकरण माइती नेपाल चितवनका संयोजक इश्वर गिरीले गर्नुभएको थियो ।








