• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

देवघाटमा मेसिनरी औजार प्रयोग गरी उत्खनन् नगर्न समन्वय समिति तनहुँको निर्देशन

  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो ।

    गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा लगाएको ठेक्का व्यवस्थामा ठूलो सङ्ख्यामा एक्साभेटर मेसिनरी औजारको प्रयोग भई गैरकानूनीरूपमा उत्खनन भइरहेको भनी विभिन्न सञ्चार माध्यममा सूचना प्रवाह भएको, विभिन्न राजनीतिक दलका तर्फबाट प्रेस विज्ञप्ति सार्वजनिक भई गम्भीर ध्यानाकर्षण गराइएको साथै समुदायस्तरबाट समेत अनुगमन समितिका प्रमुखसमक्ष मोबाइल र टेलिफोनबाट गुनासो आएको समन्वय समितिले जनाएको छ ।

    बैठकमा देवघाटका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले पालिकाले आन्तरिक आयस्रोत सङ्कलनका लागि वातावरणीय अध्ययन प्रतिवेदन गराई गाउँसभा र गाउँकार्यपालिकाको बैठकको निर्णयानुसार ठेक्का व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको बताउनुभएको थियो । देवघाटको मिति २०७७ फागुन २० गते स्वीकृत भई फागुन २८ गते प्रमाणित भएको नदी किनारा तथा घाटहरुबाट प्राकृतिक नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धमा मेसिनरी उपकरण प्रयोग, अनुगमन तथा नियमनसम्बन्धी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम निर्णय गरी मेसिनरी औजारको प्रयोग गरिएको सापकोटाले बताउनुभयो ।

    तर समन्वय समितिले गाउँपालिकाले ढुङ्गा, गिटी बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन गर्ने प्रयोजनको स्वीकृत गरेको वातावरणीय अध्ययन प्रतिवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको मापदण्डको व्यवस्थाबमोजिमका प्रावधान समावेश भएको नदेखिएको जनाएको छ । ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा पालिकाले मेसिनरी औजारको प्रयोग गर्ने गराउने सम्बन्धमा नेपाल सरकारबाट स्वीकृत भएको मापदण्ड २०७७ को पालना गर्नुपर्ने र सोहीअनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी कार्य गर्नुपर्ने व्यवस्था रहेको छ ।

    “उक्त स्थानहरु धार्मिक महत्वका क्षेत्रका साथै चुरे संरक्षण क्षेत्रमा समेत पर्ने देखिएकाले तत्काल मेसिनरी औजार प्रयोग रोक्न निर्देशन दिइएको छ”, समन्वय समितिको निर्णयमा भनिएको छ । देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले जथाभावी रूपमा उत्खनन गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएको थियो । समूहले गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन रोक्न माग गर्दै घाटको आइइ प्रतिवेदन, ठेक्का सम्झौता र उत्खनन गरेको परिमाणको विवरण सार्वजनिक गर्न माग गरेको थियो । रासस

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.