• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गैँडाकोटमा सबै मुद्दा मेलमिलापबाटै समाधान

  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा परेका सबै उजुरीहरु मेलमिलापबाटै समाधान हुने गरेका छन् । न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख विष्णुकुमारी कँडेलले न्यायिक समितिमा पर्ने उजुरीहरु छलफलबाटै समाधान गरिने भएकाले कुनै पनि मुद्दा अदालतमा पठाउनु नपरेको बताउनुभयो । “नगरपालिकाको न्यायिक समितिले न्यायिक इजलास समेत गठन गरेको छ” कँडेलले भन्नुभयो, “इजलासबाट समेत फैसला नगरी हामीले सबै मुद्दा मेलमिलामबाटै समाधान गर्ने गरेका छौँ ।”

    मेलमिलाबाट विवाद समाधान गरिँदा दुवै पक्षलाई जितको अनुभूति हुने भएकाले पनि मेलमिलापबाटै मुद्दाको छिनाफानो लगाइने कँडेलले बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आउने बेलामा मुद्दाको चाप धेरै भएको भन्दै कँडेलले भन्नुभयो, “अहिले विस्तारै मुद्दाका चापहरु घट्दो क्रममा रहेका छन् ।” न्यायिक समिति संयोजक कँडेलले चालु आर्थिक वर्ष २०७७÷७८ को हालसम्म ८२ वटा उजुरीहरु न्यायिक समितिमा परेका बताउनुभयो । “यसवर्ष न्यायिक समितिमा परेका उजुरीमध्ये ७१ वटा मेलमिलापबाट समाधान गरिसकेका छौँ” कँडेलले भन्नुभयो, “बाँकी रहेका ११ वटा उजुरीहरु पनि प्रकृयामा छन्, निषेधाज्ञाका कारण टुङ्गिन ढिलाइ भएको हो ।” दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका समयमा समेत विभिन्न चार वटा उजुरी न्यायिक समितिमा परेको कँडेलले बताउनुभयो ।

    “अहिले न्यायिक समितिमा परेका उजुरीहरु हामीले प्रकृयामा नै राखेका छौँ” कँडेलले भन्नुभयो, “कोरोना सङ्क्रमण हुने खतराका कारण भीडभाड गर्न नहुने भएकाले विवाद समाधानका लागि छलफल गर्न सकेका छैनौँ, अवस्था सामान्य भएपछि सबै मुद्दा मेलमिलापबाटै समाधान गर्ने गरी छलफल अगाडि बढाउँछौँ ।” स्थानीय सरकार आएपछि बनेको न्यायिक समितिले प्रत्येक वडामा न्यायिक सचेतना कार्यक्रम गरेकाले समेत विवाद कम भएको कँडेलले बताउनुभयो । समुदायका सबै मानिसहरु सचेत भएकाले पछिल्लो समय मुद्दाका चाप घट्न थालेको कँडेलको भनाइ छ ।

    “कुनै विषयमा न्यायिक समितिमा उजुरी परेको अवस्थामा हामीले सिधै त्यसको छिनोफानो गर्दैनौँ” संयोजक कँडेलले भन्नुभयो, “यहाँ दर्ता भएका उजुरीहरु पहिला वडाको मेलमिलाप केन्द्रमा पठाउँछौँ । त्यहाँ दुवै पक्ष राखेर मेलमिलापकर्ताले छलफल गर्नुहुन्छ । ती उजुरीहरु वडामा मिल्यो भने निर्णय नगरस्तरीय मेलमिलाप समितिमा आउँछ । विवाद नमिलेको अवस्थामा वडाले निर्णयसहित विवाद मिलाउन नगरस्तरीय न्यायिक समितिलाई अनुरोध गर्छ र हामीले छलफल अगाडि बढाएर विवाद समाधान गराउँछौँ ।” गैँडाकोट नगरपालिकाको १८ वटा वडामा ९२ जना मेलमिलापकर्ता रहेको कँडेलले जानकारी दिनुभयो ।

    गैँडाकोट नगरपालिकाभित्रको वडामा रहेका मेलमिलाप केन्द्रको संयोजक वडाध्यक्षलाई नै बनाइएको छ । न्यायिक समितिलाई मुद्दाको फैसला गर्ने अधिकार भए पनि आफूहरुले मेलमिलाप केन्द्रित छलफल गर्ने गरेको कँडेलले बताउनुभयो । “हामीले फैसला गर्दा एक पक्षले जित्ने र अर्को पक्षले हार्ने हुन्छ” कँडेलले भन्नुभयो, “हारजीतले इख निम्त्याउँछ, समाजमा उनीहरुबीच झन् मनमुटाब बढ्छ त्यसैले आफ्नो अधिकार क्षेत्रभित्रका सबै मुद्दाहरु मेलमिलापबाट समाधान गर्ने गरेका छौँ ।” न्यायिक समितिले समाधान गरेको फैसला चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन दिन पाउने व्यवस्था भए पनि हालसम्म कसैले अदालतमा पुनरावेदन नगरेका कँडेलले बताउनुभयो ।

    “हामीले सबैलाई चित्त बुझ्ने हिसाबले नै मेलमिलाप गराउने गरेका छौँ, त्यसैले हाम्रो निर्णयविरुद्ध कसैले पनि अदालतमा पुनरावेदन दिनु भएको छैन” कँडेलले भन्नुभयो, “यहाँ पर्ने मुद्दाहरुमा हामीले घनिभूत छलफल गरेर समाधान गर्ने भएकाले हामीले अहिलेसम्म एउटा मुद्दा पनि फैसलाको लागि अदालत पठाउन परेको छैन ।” नगरपालिकाको न्यायिक समितिमा साँध सिमाना, घरयासी झगडा, श्रीमान् श्रीमतीबीचको झगडा, जग्गा विवाद, पानी निकास जस्ता विषयका मुद्दाहरु बढी पर्ने गरेका छन् ।

    एउटा मुद्दा तीन महिनाभित्र समाधान गर्नुपर्ने भए पनि सीमित मुद्दा बाहेक अन्य मुद्दाहरु समितिमा उजुरी परेको तीन÷चार दिनमै समाधान हुने गरेको कँडेलले बताउनुभयो । जटिल प्रकारका मुद्दाहरु पनि बढीमा दुई महिनाभित्र मेलमिलाप गराइने गरेको कँडेलको भनाइ छ । रासस

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.