हेटौंडा । खैरो हेरोईन र नगद तीनलाख ६८ हजार २५० रुपैयाँ सहित दुईजना हेटौडाबाट दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका . वडा नम्बर १० राममन्दिर मोडमा डेरा गरी बस्ने हेमजंग बानियाँ र वडा नम्बर १ बस्ने सुरेश परियार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार आज अपरान्ह सांँढे २ बजे भुटनदेवी प्रहरी चौकी बाट खटिएको प्रहरी टोलीले हेटौडा उप महानगरपालिका वडा नं.१० राममन्दिर मोड नजिकै लागुऔषध बिक्री बितरण गरिरहेको छ भन्नेप्राप्त बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
बानियाको साथबाट हिरोईन लागु औषध जस्तो देखिने १४ ग्राम, र नगद तीन लाख ६६ हजार २५० रुपैयांँ र परियारको साथ बाट दुईहजार रुपैयाँ सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








