नवलपुर । आइतबार राती निशेधाज्ञाको मौका छोपी नवलपुरम जुवा खेल्ने पक्राउ परेका छन । पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. २ का २८ वर्षका सागर कुँवर, २६ वर्षका हुस्ना मुबारक मिया, ३६ वर्षका गोविन्द त्रिपाठी, ४१ बर्षका रामजी पाण्डे, ३५ वर्षका उज्वल मल्ल रहेका छन् ।
त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. १५का २९ वर्षका लाल बहादुर तामाङ, मध्यविन्दु नगरपािलका वडा नं. ३ का २६ वर्षका नारायण खनाल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासीका अनुसार प्रहरीको विशेष टोलीले कावासोती नगरपालिका वडा नं. २ लोकतन्त्र चोक स्थित रामजी पाण्डेको घरमा हारजीत हुनेगरी जुवा खेलिरहेको अवस्थामा जुवाडेहरुलाई ४ लाख ३२ हजार ६९५ नगदसहित नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान अघि बढाइएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।








