चितवन । दैनिक उपभोग्य सामान लगायत अनुदानमा मल बिक्री गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नारायणगढमा मा उपभोक्ता आकर्षण बढ्दै गएको पाईएको छ ।
जारी निशेधाज्ञामा कर्पोरेशनले उपभोक्तालाई केही राहत पुगोस भन्ने हेतुले चिनी,नुन पिठो, खानेतेलमा सामानमा छुट २० प्रतिशतका दरले छुट गरेपछि यसतर्फ आकर्षण बढेको हो । अन्य दैनिक उपभोग्य सामानमा भने बजारभन्दा कम मुुल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेशनले जनाएको छ ।
हाल साल्ट ट्रेडिङ्ग हरेक साताको तीन दिन बिहान ७ देखि ९ बजेसम्म उपभोग्य सामान बिक्री वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङ्गमा उपभोग्य बस्तु किनि सकेपछि प्रतिक्रिया दिदै भरतपुर महानगरपालिका वडा नम्बर ६ की जनिफा मियााले भनिन,‘ निशेधाज्ञाको समयमा छुटसहित सामान हामीलाई निकै राहत महसुस भएको छ । यसको समयसिमा र परिमाण बढाईदिएर किन्न पाए झने राम्रो हुन्थ्यो ।’ छुटमा सामान किन्न आउने उपभोक्ताहरुले नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा परिवारको सदस्यहरुको नाम र संस्था उल्लेख गरी १ प्रति बुझाउनु पर्नेहुन्छ ।
कर्पोरेसनले पाँच जनासम्मको एक परिवारलाई एक महिनाको लागि आयो नून २ केजि, छुट पश्चातको प्रति केजि मुल्य रु १६। मा चिनी २ केजि छुट पश्चातको प्रति केजि मुल्य रु.६३।२० मा ,पिठो २ केजि छुट पश्चातको प्रति केजि मुल्य रु ४४। मा र भटमासको तेल १ लिटर छुट पश्चातको प्रति लिटर मुल्य १८८ रुपैयाँमा दरमा उपलज्ध गराउंँदै आएको छ ।
कर्पोरेसनले छुट उपलब्ध गराउंँदै आएपनि हरेक परिवारलाई कम्तिमा एक महिना उपभोग्य बस्तु दिनुपर्ने बताउंँछिन भरतपुर महानगरपालिका वडा नम्बर १२ की जानकी पाठक । ‘लामो लाईन बसेर सामान लिन त पाईयो , तर परिमाण भने कम भयो । उनले भनिन, सेवाकेन्द्र विस्तार गर्दा थप प्रभावकारी हुन्थ्यो ।’ थोरै सामान उपलब्ध हुंँदा ठूलो परिवारको लागि भने खासै फाइदा नपुगेको उनको भनाई छ ।
चितवनको एकमात्र कर्पोरेशनको बिक्री कक्ष नारायणगढमा जिल्लाका विभिन्न ठाउंँबाट उपभोक्ता आउने गरेका छन । कालिका नगरपालिकाकाका अर्का उपभोक्ता राजेन्द्र कार्की यस्तो महामारी र महंगी चुलिदै गएको बेलामा कर्पोरेशनले सहुलियत दरमा उपभोग्य सामान उपलब्ध गराउंँदा बिशेषगरी न्यून र मध्यवर्गीय वर्गलाई राहत पुगेको बताउंँछन । ‘महामारीको बेला थोकमुल्यभन्दा कम मुल्यमा सामान पाउनु सकारामत्क बिषय हो, उनले भने, यसलाई सधैभर निरन्तरता दिने हो थप प्रभावकारी हुन्छ ।’
कर्पाेरेशनले यस भन्दा पहिला पनि संकट र ठूला चाडपर्वमा सहजरुपमा नुन,चिनी, चामल लगायत अत्यावश्यक खाद्य बस्तुको अभाव हुन नदिएका बताउंँछन कर्पोरेशन प्रमुख वुद्धिविनोद दाहाल । ‘हामीले सरकारको बजेट बक्तव्य र निर्देशन अनुसार जेठ २५ गतेबाट सेवा शुरु गरेका हौं दाहालले भने, पछिल्लो दिन उपभोक्ताको चाप निकै बढेको छ । उहाँहरु निकै खुशी भएको पाएका छौं ।’
बिशेषगरी न्यून आय भएका लक्षित वर्गलाई लक्षित गर्दै हाल हप्ताको ३ दिन र २ घण्टा सेवा दिदै आएपनि हरेक पटक २५० जनासम्म उपभोक्ताले सेवा लिदै आएको उनको भनाई छ । सरकारले कर्पोरशनको बिक्री कक्षबाट मात्रै उपभोग्य सामान बिक्री गर्ने निर्देशन दिएको हुनाले जिल्लाका अन्य स्थानमा सेवाकेन्द्र विस्तार गर्न नसकिएको दाहालले बताए ।








