• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

नारायणीमा पानीको सतह ४० वर्ष यताकै ठुलो: चितवनका केही ग्रामीण भेग डुबानमा, सतर्क रहन महानगर प्रमुख दाहालको आग्रह

"राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा रहन निर्देशन "
  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अविरल परेको बर्षासँगै नारायणी नदीमा खतरा भन्दा माथि पुगेको पानीको सहत आज केही घटेको छ । पानीको सहत घटेपनि खतरा नटरेको भन्दै नदी तटिय स्थानमा बसोबास गर्नेहरुलाई सर्तन रहन पुनः स्थानिय प्रशासनले आग्रह गरेको छ । स्थानिय प्रशासनका अनुसार नारायणी नदीमा हिजो (मंगलबार) देखिएको पानीको सतह ४० वर्ष यताकै सबैभन्दा ठुलो रहेको छ ।

    आज बिहानबाट पानी पर्न केही कम भएकाले नारायणीमा पानीको सतह घट्दै गएको जलमापन केन्द्र देवघाटले जनाएको छ । लगातार बर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह गरेकी छिन् । आज बिहान भरतपुर महानगरपालिकाको वडा नं. २६ स्थित नारायणी नदी छेउछाउ रहेको बस्तीहरु सिसही, सिम्रेनी क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले नदीबाट हुनसक्ने कटान र डुबानबाट सजग र सतर्क रहन आग्रह गरेकी हुन् ।

    उनले भनिन्–‘लगातार वर्षा भईरहेको छ, नदीको बहावपनि बढिरहेको छ सम्पूर्ण सूरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको बिपत ब्यवस्थापन प्रतिकार्य ईकाईलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्दारमा खटिन तयार रहनु्स ।’ उनले भरतपुर महानगरपालिका भित्र संभाबित डुबान तथा कटानबाट हुन सक्ने क्षेतिलाई रोक्न हर सम्भव लागिपर्ने बताउदै सोही अनुसार काम गर्न सबैलाई आग्रहसमेत गरिन् ।

    प्रमुख दाहालले जेस्ठ नागरिक, बालबालिका तथा अपाड्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छिन् । स्थलगत अनुगमनका क्रममा प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिती, यूवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिएकी छिन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले समन्वयात्मक ढंगले संभाबित क्षति रोक्न र उद्दारकालागी सबै संयन्त्रलाई तयारि अवस्थामा राखेर काम अगाडी बढाएको बताए ।

    नारायणी नदीको उच्च बहाबले भरतपुर महानगरपालिका वडा न २६ को सिसुवारमा डुबानमा परेका १६ धर परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अघ्यक्ष ज्ञानप्रसाद खनालले बताए। यस्तै, वडा नं. १६ को झनझने, गणेश मन्दिर र बिजय नगरको मगरगाँँउको छेउछाउमा करिब १ सय घर डुबानमा परेको र तिनिहरूलाई शरणपुर आधारभूत बिद्यालय र अन्य सुरक्षित स्थानमा राखियको वडा अध्यक्ष अमृत हमालले बताए ।

    बाढीले वडा न ३ को नारायणी दोभान टोलमा रहेको चक्लेट उद्योग वरीपरीका ५० घर डुबेसंगै त्यहाँ आरिुत स्थानियहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष चन्द्र मित्र पंडितले बताए । देवघाट मापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह ९ पुगे खतरा मानिन्छ ।
    हिजो राति सम्म खतरा भन्दा माथि रहेको पानीको सतह आज बिहान ७ः२० देखि खतरा भन्दा तल झरेको छ ।

    बाग्लुङ, पर्वत, गुल्मी तथा कास्की, लमजुङ, गोर्खा, धादिङलगायतका पहाडी जिल्लामा अविरल पानी परिरहेकोले पानीको सतह पुनः खतरा सम्म जान सक्ने भन्दै अझैं केही दिन सजग र सतर्क रहन मौसम बिभागले आग्रह गरेको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.