चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउन चितवनले जिल्लाको इच्छाकामना गाउँपालिका ७ गर्दासमा कोभिड १९ को महामारी बाट ज्याला मजदुरी गरि दैनिक जीवन संचालन गर्न नसकेका बिपन्न वर्गका नागरिकलाई खाद्यान्न बितरण गरेको छ । रोटरी क्लब अफ नारायणी मिड टाउनका २२ जना रोटरियन हरुले सोही स्थानको राष्ट्रिय मा. वि गर्दासमा नि:शुल्क पढाएका २२ जना विद्यार्थीको परिवार सहित सोही क्षेत्रका १ सय घर धुरीका बिपन्न वर्गका परिवारलाई राहत बितरण गरेको हो ।
उक्त राहत वितरण कार्यक्रम सोही वडाका वडा अध्यक्ष बम बहादुर थापा (बिजय) को उपस्थितिमा गरिएको थियो । वडा अध्यक्षकै अनुरोधमा रोटरीले सो क्षेत्रका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको रोटरीका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो । इच्छाकामना गाउँपालिका ७ को राष्ट्रिय मा.वि गर्दासमा अध्ययन गर्ने विद्यार्थी, अभिभावक र यहाँका अति बिपन्न वर्गका नागरिकहरुका लागि रोटरी क्लब अफ नारायणी मिड टाउन बाट पटक पटक बिर्सनै नसक्ने सहयोग भएको भन्दै वडा अध्यक्षले आफू रोटरियनहरु प्रती आभारी रहेको बताउनु भयो ।
“स्वार्थ भन्दा माथी सेवा” भन्ने उदेश्यका साथ जुन कर्म बाट मनमा आनन्द र हृदयमा खुसी प्राप्त हुन्छ त्यो नै सेवा हो भन्दै महामारीको बेला १ लाख ७० हजार बराबरको खाद्यान्न वितरण गर्न सहयोग गर्ने सबैलाइ रोटरेयनहरुलाई इलेक्टेड प्रेशिडेन्ट राजेश्वर खनालले धन्यबाद ब्यक्त गर्नु भयो । सो कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष यमनाथ दनै, इलेक्टेड प्रेशिडेन्ट तथा आगामी अध्यक्ष राजेश्वर खनाल, निवर्तमान अध्यक्ष आशिष भण्डारी, क्लबका कोषाध्यक्ष दिपेश श्रेष्ठ लगायत १८ जना रोटरियन र स्थानिय समाजसेवी हरुको उपस्थिति रहेको थियो ।








