• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिकाले थाल्यो भूमिहीनलाई लालपुर्जा दिन नक्सांकन प्रकृया

  •   शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाले नगरक्षेत्रमा बसोवासगर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीहरुमा नक्साकंन गर्ने प्रक्रिया सुरु गरेको छ । उनीहरुलाई लालपुर्जा वितरणका लागि नगरपालिकाले नक्साकंन गर्न थालेको हो ।

    नगरक्षेत्र भित्रका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीको क्षेत्रफल नाप्नका लागि वडा नं. ६ वाट कन्ट्रोल बिन्दु निर्माणको काम आजदेखि सुरु गरेको हो । कन्ट्रोल विन्दु निर्माणको काम सुरुभएसँगै नक्साकंनको प्रकृया सुरु हुन्छ । नगरमा दुईसय जति कन्ट्रोल विन्दु राख्नु पर्ने नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख खुमनारायण श्रेष्ठ र भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले संयुक्त रुपमा आज कन्ट्रोल विन्दु निर्माणको सिलान्यास गरेका छन् । वडा नं. ६ हुँदै अन्य सबै वडामा पुगेर प्राविधिकहरुले जग्गाको क्षेत्रफल नापेर नक्साकंन गर्नेछन् ।

    लामो समयदेखि भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने प्रक्रियामा कालिका नगरपालिका सक्रिय भएर अगाडी बढेको भन्दै प्रमुख श्रेष्ठले चांँडैनै लालपूर्जा वितरण गरिने उनले बताए बषौंदेखिको भूमिहिनको समस्या छिट्टै समाधान हुने वडा नम्बर ६ का अध्यक्ष विनोद रेग्मीले बताए । कन्ट्राले विन्दुको सिलान्यास संँगै वडावासी उत्साहित भएको भएको रेग्मीको भनाई छ ।

    नगरपालिकाको वडा नम्बर ३ ले पनि भूमिहिनका लागि वडा कार्यालयबाट बाटहुने आवश्यक काम सकिसकेको छ । वडा अध्यक्ष टिकाराज रिजालका अनुसार वडा आफैले भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गाको नक्साकंन गरिसकेको छ । नगरक्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बस्तीमा बसोबासगर्नेहरुको तथ्यांक लिने, कम्प्यूटरमा इन्ट्री गर्ने काम भइसकेको छ ।

    अब नाप नक्सा तयार गरेर राज्यले बनाएको नीति अनुसार कित्ताकाट गरेर लालपुर्जा दिने काम बाँकी छ । नगरपालिकाले भूमिहीनको समस्यालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दै आएको नगरप्रमुख खुमनारायण श्रेष्ठको भनाई छ । नगरपालिकाको भर्खरै सम्पन्न नीति तथा कार्यक्रममा पनि भूमि समस्या समाधानका लागि बजेट व्यवस्थापनको काम गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

    भूमिहीनहरुलाई लालपुर्जा दिने सबैको दायित्व भएकाले यो अभियानमा सबैलाई हातेमालो गरेर साथ दिन समेत नगरप्रमुख श्रेष्ठले आग्रह गरे । कालिका नगरपालिका क्षेत्रभित्रका झण्डै १९ सय ४६ जना भूमिहीन दलित, सुकुम्वासीले फारम भरेका छन् । नगरक्षेत्रभित्र अव्यवस्थित बसोवासगर्दै आएका ३ हजार ६ सय ४५ घरधुरीगरी झण्डै ५ हजार ५ सय ९१ घरधुरीले फारम भरेका छन् ।

    नगरपालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासगर्दै आएका परिवारका लागि १८ सय ३० विगहा १४ कट्ठा ५ धुर जग्गाको व्यवस्थापन गर्नुपर्नेछ । भूमिहीनलाई जग्गाको मालिक बनाउने उद्देश्य अनुसार नेपाल सरकारले काम तीब्र पारेपनि स्थानीयतहले खासै महत्व नदिएको भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले बताए ।

    ‘कतिपयलाई यो काम सरकारले नगरेको भए हुनेथ्यो झैगरी आलटाल गरिरहेका छन अध्यक्ष पाठकले भने, । सबैभन्दाबढी माडी नगरपालिकामा काम प्रभावित भएको छ ।’ निकुञ्जको क्षेत्रमा पर्नेभएकाले तथ्यांक लिने काम बाहेक अन्य कामहरु अगाडी बढ्न सकेको छैन ।

    यता पूर्वी चितवनको राप्ती नगरपालिकाले भूमिहीनका लागि जग्गाको क्षेत्रफल नाप्नेकाम सुरु गरेको छ । अन्य स्थानीयतहले तथ्यांक लिने र प्राप्त तथ्यांकलाई कम्प्युटरमा इन्ट्रीगर्ने काम गरिरहेका छन् । जग्गाको नाप, नक्सा देखि किताकाट जति छिटोगर्न सके त्यतिनै छिटो लालपुर्जा वितरण हुने उनको भनाई छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.