• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो ।

    वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा उपचार सेवा दिन थालिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा।डा। हरिश्चन्द्र न्यौपानेले कोभिड १९ को सङ्क्रमण निको भएर घर गएका र घरमै आइसोलेशन बसेर निको भएकाहरुमा पोष्टकोभिडको समस्या देखिएकाले यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई श्वास प्रश्वासको समस्या परेको थियो । अस्पतालमा आउने अधिकांशलाई सघन उपचार कक्ष र एचडियुमा राखेर उपचार गरिएको थियो । उहाँले भन्नुभयो, “अधिकांशलाई अक्सिजनको सहायताले उपचार गर्नु परेको थियो ।” श्वासप्रश्वाससँगै सक्रमितहरुमा ज्वरो आउने, शरीर दुःख्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिएका थिए । ती सङ्क्रमित निको भएपछि पोष्टकोभिडको समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बिरामीहरुको समस्यालाई उच्च मूल्याङ्कन गरेर चितवन मेडिकल कलेजले पोष्ट कोभिड उपचार तथा परामर्श सेवा सञ्चालन गरेको हो ।” पछिल्लो समयमा कोरोना सङ्क्रमित भई निको भएका बिरामीहरु कोभिड सङ्क्रमण मुक्त भएको लामो समयसम्म पनि, शारीरिक समस्या हुने, शरीर दुःख्ने ÷ पोल्ने, हात खुट्टा गल्ने, छाती दुख्ने, छिटो छिटो थकानको महशुस हुने जस्ता समस्या देखिने गरेको छ ।

    त्यसैगरी निद्रा नलाग्ने, मानसिक रुपमा कमजोर हुने, उच्च रक्तचाप, हिड्दा बढी स्वाँस्वाँ हुने र सास फेर्दा असजिलो महशुस हुने जस्ता विभिन्न समस्याहरु देखा पर्ने गरेको प्रा.डा.न्यौपानेले जानकारी दिनुभयो । साधारणतया कोरोना सङ्क्रमित मध्ये करिब ३० प्रतिशतलाई केही न केही पोष्ट कोभिडका लक्षणहरु देखिने गरेको उहाँको भनाइ छ । तिनै बिरामीलाई लक्षित गरेर परीक्षण थाालिएको हो । रासस

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.