चितवन । लियो क्लव अफ भरतपुर युथले माडीका विपन्न तथा चेपाङ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।शनिबार एक कार्यक्रमका बीच माडी नगरपालिका १२० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
माडी ८ का ५३ जना विपन्न परिवार, माडी ७ स्थित परी खोला किनारमा रहेका चेपाङ बस्तीका ६० परिवार र एच आई भी संक्रमित भएका ८ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । यस्तै माडी ८ का २० किसानहरुलाई फरुवा समेत वितरण गरिएको थियो ।








