• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

नेपाल फकाउँदै ओली

  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् ।

    शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको उनीनिकट नेताहरूले बताएका छन् । तर, नेपाल भने विपक्षी गठबन्धन छोडेर ओलीसँग मिल्न आनाकानी गरिरहेको ओलीनिकट नेताको विश्लेषण छ ।

    प्रधानमन्त्री ओलीनिकट रहेका उपहासचिव एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटीका सदस्य शंकर पोखरेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङसहितका नेताहरूले वरिष्ठ नेता नेपाललाई आइतबार उनकै निवास कोटेश्वरमा भेट गरी अध्यक्ष ओली मिल्न तयार भएकाले वरिष्ठ नेता नेपाल पनि मिल्नुपर्नेमा जोड दिएका थिए ।

    पार्टीमा देखिएको विवाद समाधानका लागि ओली समूहबाट वार्तामा सक्रिय यी तिनै जना नेताहरूले ओलीसँग छलफल र संवाद गरी एकताको ढोका खोल्न आग्रह गरेका थिए तर नेपाल टसमस नभएपछि उनीहरू केही निराश र खिन्न भएर फर्किएका थिए । नेपाल समूहबाट वार्तामा सक्रिय उपमहासचिव घनश्याम भुषालसमेत सहभागी सो भेटघाटमा ओलीनिकट नेताले पार्टी एकताका लागि संयुक्त विज्ञप्ति जारी गर्नुपर्ने आवश्यकता आंैल्याएका थिए ।

    पार्टी एकताबद्ध रहेको सन्देश दिने गरी संयुक्त विज्ञप्ति जारी गर्नुपर्ने ओली समूहका नेताले सुझाव दिएपछि नेपालले कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन सुझाएका छन् । पहिले नै गठन भएको कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन नेपालले भनेपछि ओली समूहका नेताहरूले त्यो त भंग भइसकेको भन्दै यसबारेमा अध्यक्षसँग सल्लाह गर्ने बताएका थिए ।

    छलफलमा सहभागी एक नेताका अनुसार पार्टीलाई एकताबद्ध बनाउन नेपाल सकारात्मक रहे पनि आशंका भने यथावत् रहेको छ । ओलीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका नेपाललाई नेताहरूले पार्टी अध्यक्षसँग नै भेटेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका थिए । सबै समस्याको समाधान छलफल नै भएको बताउँदै ती नेताले पार्टी नेता कार्यकताको भावनाअनुसार अघि बढनुको विकल्प नभएको बताएका थिए । ‘उहाँलाई हामीले पार्टीलाई एकताबद्ध बनाउन लाग्नुस् ।

    हामी एकताबद्ध छौं भन्ने सन्देश दिने संयुक्त विज्ञप्ति पनि जारी गर्नुस् भन्ने आग्रह ग¥यो । पार्टीलाई एकताबद्ध बनाउन उहाँ पनि सकारात्मक हुनुहुन्छ । तर, उहाँको केही असन्तुष्टि छ । हामीले भन्यांै, तपाईंहरू छलफल गरेर अगाडि बढनुस् । नेता कार्यकर्ताको भावनाअनुसार बढनुको विकल्प छैन,’ एमाले स्रोतले भन्यो । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाललाई हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको अल्टिमेटम दिएको छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओलीको छ । तर, नेपाल समूहले पार्टी २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राख्दै आएको छ । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नभए हस्ताक्षर गर्ने सांसद एमालेको नेता हुनै नसक्ने चेतावनी दिएका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.