• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई रकम फिर्ता दिन स्वास्थ्यको निर्देशन

  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोभिड– १९ का बिमारीबाट दोहोरो रकम असुल्ने निजी अस्पतालहरूलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । अनुसन्धानमा दोहोरो (सरकार र बिरामीबाट) रकम लिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तत्काल बढी रकम फिर्ता गर्न निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका, तर बिरामीसँग रकम असुलेका अस्पताललाई रकम फिर्ताको निर्देशन दिएको बताए ।

    ‘निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका अस्पतालले बिरामीसँग शुल्क उठाएको पाइएको छ । त्यस्ता अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिइएको छ,’ डा. अधिकारीले भने । निःशुल्क उपचारको सम्झौता गरेका अस्पतालले आइसोलेसनमा रहेकालाई दुई हजार, एचडियूकोे ३५ सय र आइसियू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार सरकारबाट पाउँछन् । तर, बिरामीसँगसमेत रकम असुलेको भेटिएपछि मन्त्रालयले त्यस्तो रकम फिर्ता गर्न सम्झौता गरेका अस्पताललाई निर्देशन दिएको हो ।

    किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट अस्पताल र मेडिकेयर अस्पतालले दोहोरो रकम लिएको पुष्टि भएको छ । ३ जेठदेखि १ असारसम्म किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, विराट अस्पताल, सर्वांग स्वास्थ्य सदन कुपन्डोल र मेडिकेयर अस्पतालविरुद्ध उजुरी परेका थिए । कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोल बाहेक अरू अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता गरेका छन् ।

    बिरामीकोे उजुरीको आधारमा मन्त्रालयले गरेको सुरुवाती छानबिनमा निजी अस्पतालले बिरामीलाई ठगी गरेको पाइएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले उजुरीमाथि छानबिन गर्दा ठगी गरेको पुष्टि भएको बताए । ‘निःशुल्क उपचार गराउने सम्झौता गरेका अस्पतालले बिरामीसँग पनि रकम उठाएको भेटियो,’ अधिकारीले भने । उपचार गराउँदा संक्रमित वा आफन्तसँग सशुल्क उपचार गराउँदै छु भन्ने सुनिश्चित मञ्जुरीनामा नलिएको उजुरीकर्ताको दाबी छानबिनमा पुष्टि भएको अधिकारीले जानकारी दिए ।

    उनीहरू सबैलाई बढी लिएको रकम फिर्ता गर्न र निर्देशन पालना नभएसम्म शोधभर्ना नगर्न भनिएको छ । सरकारसँग सम्झौता गरेका अस्पतालले रगत परीक्षण सिरम युरिया, क्रियाटिन, सुगर, सिआरपी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर परीक्षण, छातीको एक्स रे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शैंयाको शुल्क लिन पाउँदैनन् । त्यसैगरी, खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क गरिएको छ ।

    कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोलले तोकेको शुल्कभन्दा बढी लिएका छन् । मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएको भन्दै ती अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिएको छ । बिरामीलाई अस्पतालले ठगी गरेका उजुरीहरू परेपछि गएको ३० जेठमा मन्त्रालयले डा. समीर अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।

    सम्झौता विपरीत शुल्क लिइएका केही घटना कोभिड संक्रमण भएपछि ४२ वर्षकी जया पौडेल ३१ वैशाखमा काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा भर्ना भइन् । उपचारको क्रममा उनको ५ जेठमा मृत्यु भयो । सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरेको अस्पतालले जयाको परिवारसँग एक लाख ८३ हजार ६ सय ५६ रुपैयाँ रकम असुल्यो । ५२ वर्षीय शिवप्रसाद शाही काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा गत १० वैशाखमा भर्ना भए ।

    उनको आइसोलेसनसहित आइसियूमा २२ दिन उपचार गरियो । स्वास्थ्यमा कुनै ठूलो समस्या नभएका शाहीलाई अस्पतालले चार लाख १७ हजार सात सय पाँच रुपैयाँ लिएको पाइएको छ । मनमोहनमै उपचार गराएका ५६ वर्षका गुरुप्रसाद घिमिरेले १७ दिन आइसोलेसन बसेर घर फर्कने समयमा चार लाख सात हजार दुई सय ४५ रुपैयाँ तिर्नुपर्‍यो ।

    ७४ वर्ष पुगेका माघवप्रसाद घिमिरेले नेपाल मेडिकल कलेजमा उपचार गराए । सरकारसमक्ष निःशुल्क उपचार गर्ने सम्झौता गरे पनि कलेजले २५ दिनमा उनीसँग एक लाख ४० हजार ६ सय १० रुपैयाँ लियो । विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालले ६५ वर्षीय रामजी महतोको उपचारबापत पाँच लाख ७२ हजार ६ सय ७० रुपैयाँ लिएको मन्त्रालयमा उजुरी पर्‍यो ।

    मन्त्रालयले तयार पारेको प्रतिवेदनमा महतो वैशाख २१ गते अस्पताल भर्ना भएका थिए, जेठ ८ गते उनको निधन भएको थियो । ५४ वर्षीया धनकुमारी घले १५ वैशाखमा अस्पताल भर्ना भइन् । उनको ९ जेठमा मृत्यु भयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनमा १० लाख ८८ हजार एक सय ८५ रुपैयाँ बिरामीसँग लिएको उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.