चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक यातायात खुलाउने तयारी थालेको छ । प्रशासनले शुक्रबारदेखि सार्वजनिक यातायात खुलाउने तयारी थालेको हो ।
जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात खुलाउने बारे छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।
यस बिषयमा निर्णय गर्नका लागि प्रशासन कार्यालयमा बैठक बस्दैछ । बैठकले जारी निषेधाज्ञा बारे निर्णय गर्नेछ । प्रशासनले जारी गरेको निषेधाज्ञा बिहीबार राति १२ बजे सकिदैछ ।








