चितवन । निशेधाज्ञा खुकुलो भएसंँगै सौराहाका नेचर गाइडले कोभिड भ्याक्सिन खोप लगाउन पाउनुपर्ने मागसहित चार बुंँदे माग गरेका छन । पर्यटन व्यवसायमा नेचर गाइडले अग्रपंत्तिको रुपमा काम गर्नुपर्ने पेशा भएको हुंँदा तत्काल खोप उपलब्ध गराउनु पर्ने माग गरेका हुन् । नेचर गाइड एशोसियसन, चितवनले आज सौराहामा पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएको हुन । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र धामीले सरकारले पटक पटक अनुरोध गर्दापनि सरकारले वेवास्ता गरेको बताए ।
‘अब निशेधाज्ञा पनि खुकुलो भयो । पर्यटन व्यवसाय पनि केही खुकुलो हुंँदै गएको छ । अब त हामीले पनि खोप लगाउन पाउनु परयो नि ।’ धामीले भने । अन्य पेशाकर्मी, कर्मचारी जस्तै पर्यटन क्षेत्रमा नेचर गाइडपनि अग्रपंक्तिकार भएकोले खोप पाउनु पर्ने उनको जिकिर थियो । ‘अब विस्तारै आन्तरिक पर्यटकको चहलपहल शुरु हुन्छ । हामी त खोप लगाएर तयार हुनुपर्यो नि ।’ उनले भने । पर्यटकको विश्वास जित्न र जोखिम न्यूनिकरणको लागि पनि खोप उपलब्ध गराउनु पर्ने उनको भनाई थियो ।
खोपको साथसाथै उनीहरुले नेचरगाइडको लाइसेन्स नवीकरण मिनाह गर्नुपर्ने , उनीरुले आफ्नो काम तत्काल गर्न पाउनु पर्ने नभए विकल्प दिनु पर्ने र यसलाई व्यवसायीक र मर्यादित बनाउन कार्यविधी बनाउन समेत माग गरेका छन । संघका पूर्व अध्यक्ष एवं सल्लाहकार उदयचन्द्र अर्यालले ट्रेकिङ गाइड र टुर गाइडलाई खोप दिएको तर नेचर गाइडलाई नदिएको भन्दै गुनासो गरे । ‘खोप पाईएको छैन । काम पाइएको छैन । दक्ष जनशक्ति पलायन भएका छन । तर सरकारलाई वास्तानै छैन ।’ उनले भने ।
गतसालदेखि यही नेचर गाईडको संभावना र आम्दानी हुांदाहुदैपनि कोभिडका कारण २५ जना दक्ष नेचर गाइड खाडी मुलुक जानुपरेको उनले बताए । पर्यटन क्षेत्र चलायमान भएको अबस्थामा न्यूनतम मासिक २० हजारदेखि ७० हजारसम्म प्रति नेचगाइडले आम्दानी गर्दै आएकोमा गतसालदेखिनै अधिकांश नेचर गाइडले पेशानै परिवर्तन गर्नुपरेको उनको भनाई छ ।
‘यहीनै मुख्य पेशामा निर्भर हुने अधिकांश दक्ष नेचर गाइडले पेशानै परिवर्तन गर्नुभयो ।’ कोहीले कृषि कर्म कसैले साना व्यवसाय सञ्चालन गर्नुभएको छ । पर्यटन क्षेत्रमा दक्ष नेचर गाईडको जहिलेपनि अभाव रहेको भन्दै उनले देशको पर्यटन प्रर्वद्धन र संरक्षणमा सचेतना जगाउन नेचरगाईडको भूमिका महत्वपूर्ण हुने बताए ।
अन्य निकुञ्जहरु भन्दा बढी सदस्य संख्या भएको यो संघमा पथप्रर्दशकको संख्या सातसय भन्दा बढी छन । भने व्यवसायिक नेचर गाईड पांँचसय जना छन । यी मध्ये ४०० जना सौराहामा मात्रै छन भने, अन्य पर्यटकीय क्षेत्र मेघौली, पटिहानी, माडी र नवलपुरको माडी लगायतका पर्यटकीय क्षेत्रहरुमा सय जना जति नेचर गाईड रहेका छन ।








