काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्ने भएका छन् ।
बालुवाटार छाड्नुअघि ओलीले दिउँसो २ बजे सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि ओली बालुवाटार बसाइँ सरेका थिए ।
राष्ट्रपति विद्या भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर मंगलवार साँझ शपथ गराउने तयारी गरेकी छिन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुन: स्थापना गर्दै देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्रीको शपथ ग्रहण गराउन आदेश दिएको थियाे ।








