• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

चितवनमा तीन महिनामा ४५ जनाले गरे आत्महत्या

  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा चालु आर्थिक वर्षको निषेधाज्ञाको समयमा ४५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएको वैशाख १६ देखि असार १८ गतेसम्म तीन महिनाको अवधिमा उक्त संख्यामा आत्महत्याको घटना भएको हो । तीमध्ये ३६ जनाको झुन्डिएर र नौजनाको विष सेवनबाट मृत्यु भएको जनाइएको छ ।

    झुन्डिएर आत्महत्या गर्नेमा पुरुष बढी निषेधाज्ञाको समयमा झुन्डिएर आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ । झुन्डिएर २२ र विष सेवनबाट तीन पुरुषको मृत्यु भएको छ । यस्तै, झुन्डिएर १२ र विष सेवनबाट ६ जना महिलाको मृत्यु भएको छ । यो अवधिमा एकजना बालक र एकजना बालिकाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले पछिल्लो समय आत्महत्याका घटनामा परिवर्तन आएको बताए ।

    “पहिले आत्महत्याको कारण गरिबी, मायाप्रेम, बिछोड हुन्थ्यो,” अधिकारीले भने, “अहिले मुख्य कारण सामाजिक सञ्जाल र दुर्व्यसनी भएको छ ।” उनका अनुसार पुरुषहरु महिलाको तुलनामा बढी जिम्मेवार र दबाबमा पर्ने र दुर्व्यसनी तथा गम्भीर प्रकृतिका रोगको सिकार हुँदा आत्महत्याको घटना निम्तिने गरेको पाइएको छ । “सामाजिक सञ्जालमा हत्या, आत्महत्या, बलात्कारका विषयवस्तु बढी आउँदा यसले सचेतनाभन्दा यस्ता घटना गर्न/गराउन अभ्यस्त हुन बल पुग्यो,” उनले भने ।

    भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्या नै भएको बताउँछन् । “आत्महत्याको कारण उमेर समूहअनुसार फरक हुन्छ,” उनले भने, “अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।” उनका अनुसार निषेधाज्ञाको समयमा आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु, विकल्प नपाउनु, ऋणको प्रेसर बढ्दै जानु, समाजमा कसैको सहयोग नपाउनुजस्ता कारणले पनि आत्महत्याको घटना बढेको छ ।

    “युवाहरुमा आत्महत्या विशेषगरी बिछोड, कुलतबाट हुने गरेको छ,” उनले भने, “विवाहित पुरुषको हकमा परिवारमा बढी जिम्मेवारी र व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्छन् ।” फा्रन्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई व्याख्या गर्दै अधिकारीले भने, “विशेषगरी डिप्रेसन बढ्दै जाँदा एक्कासि मानिसले आत्महत्या गर्छ र आत्महत्यापछिको नतिजा उसले हेर्दैन पनि, मतलब गर्दैन पनि ।” भरतपुर अस्पतालका मानसिक रोग विभागका चिकित्सक डा. सुनील शाह सामाजिक र आर्थिक समस्या आत्महत्याका सहयोगी कारण भए पनि मुख्य कारण भने डिप्रेसन नै भएको बताउँछन् ।

    “धनी मान्छेले आत्महत्या गर्दैन र गरिब मान्छेले आत्महत्या गर्छ भन्ने बिल्कुल गलत हो,” उनले भने, “मान्छे सुखीभन्दा पनि खुसी छ कि छैन भन्ने विषयले अर्थ राख्छ ।” आत्महत्या विशेषगरी योजनाबद्ध तथा झोकमा गरिने मानिसको व्यवहार र आचरणमा भरपर्ने उनले बताए । आत्महत्या बढ्नुको कारण विशेषगरी दुर्व्यसनी, सचेतनाको कमी, सहयोग पाउने स्थान कतै नपाउनु र कतिपय घटना वंशाणुगत गुणसँग पनि सम्बन्धित हुने गरेको शाहले बताए ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.