• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

ऐतिहासिक दस्तावेज नष्ट हुने खतरा

  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती)मा रहेका राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन । निजामती थमौती, सैनिक कमान्डरीसम्बन्धी मिसल, सेनासम्बन्धी पुराना इस्तिहारलगायतका सामग्री किताबखानामा छ । २०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राखिएका छन् ।

    तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन । यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेको छ भने ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन् । चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको अवस्था छ । कतिपय इस्तिहारलाई मुसाले खाएको छ ।

    खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महìवपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ । किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ती अभिलेख संरक्षण गर्ने दायित्व आफूहरूको भएको बताउँदै भने, “यतिसम्म सुरक्षित राख्ने प्रयास गरेका छौँ । तैपनि चिस्यान लगायतका समस्या छन् । दीर्घकालीन रूपमा यिनलाई जोगाउन संरक्षण गर्ने निकायसँग सहकार्य जरुरी देखिएको छ । त्यसैले संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्न तयार छौँ ।” वि.सं.२००२ सम्मको निजामती थमौती (कर्मचारी सिटरोल) राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ ।

    त्यसपछिका सिटरोल किताबखानामा राखिएका छन् । राणाकालीन निजामती थमौती राखिएको कोठामा ०१६/१७ सालसम्मका सिटरोल राखिएका छन् । २००२ सालभन्दा अगाडिका कतिपय निजामती थमौतीका ढड्डा पनि किताबखानामा छ । सो कोठामा पुराना किताबका साथै स्थान अभावका कारण कर्मचारीहरूको सम्पत्ति विवरणका खाम पनि राखिएका छन् ।

    त्यो बेलाका सैनिकका सिटरोल, सेनासम्बन्धी विभिन्न इस्तिहार, राणाकालीन कर्मचारीहरूका तस्बिर आदि पनि फेला पर्छ । केही वर्षअघि तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने लगभग तयारी भइसकेको थियो तर किताबखानाका तत्कालीन महानिर्देशकको सरुवा भएपछि सो योजना अगाडि बढ्न सकेको थिएन । केही वर्षअघि एक जना अन्वेषकले हरेक दिन किताबखानामा पुगेर सात दशकअघिका ती सिटरोललाई सिलसिलेवार रूपमा राखिदिएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.