काठमाडौं । नेकपा एमालेको भातृसंगठन युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा युथफोर्सले भ्याली कमाण्ड घोषणा गरेको हो ।
कार्यक्रम कार्की पार्टी प्यालेस काठमाडौंमा भएको थियो । एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिष्पर्धा जस्तै चलेको छ । ओली पक्षले युवासंघ नेपाल हुदाहुदै युथफोर्स ब्युँताएपछि माधवकुमार नेपाल पक्षले अखिल फोर्स बनाएको थियो ।
बिहीबार मात्रै नेपाल पक्षले पिपुल्स भोलेन्टियरको पनि घोषणा गरेको थियो । एमाले नेता योगेश भट्टराईले अखिल र युवासंघ जस्ता संगठनलाई ओझेलमा पारेर गठन गरिएका यस्ता फोर्सको औचित्य नहुने बताएका छन ।








