हेटौंडा । अब बागमती प्रदेशमा सवारी कर,जरीवाना अनलाइन प्रणालीबाट तिर्न सकिने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले अनलाइन प्रविधिबाट भुक्तानी गर्न मिल्ने गरी भौतिक पूर्वाधार विकास मन्त्रालयले बनाएको यातायात व्यवस्थापन सुचना प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन ।
उक्त प्रणालीबाट प्रदेश सरकार मातहतका ६ वटा कार्यालयबाट सेवा लिन सकिने बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए।
अनलाइन कर तिर्नका लागि तल थिच्नुहोस : https://visittmo.bagamati.gov.np/en








