• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

बर्सातका कारण नारायणगढ–बुटवल सडक विस्तार सुस्त

  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन । कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन शुरु भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले बर्सातको समयमा पुल निर्माणको काम मात्रै भइरहेको जानकारी दिनुभयो ।

    “नारायणगढबाट पाँच किलोमिटरदेखि १२ किलोमिटरसम्ममा माइनर ब्रिज निर्माणको काम भइरहेको छ”, अचार्यले भन्नुभयो, “यहाँ सात वटा माइनर ब्रिज निर्माणका क्रममा रहेकाले राजमार्गमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिरहेका छौँ ।” सात वटा साना पक्की पुलमध्ये तीन स्थानको पुलको ढलान सकिएको आचार्यले जानकारी दिनुभयो । “ढलान सकिएका पुलको साइडको वाल र रेलिङ बनाउने काम बाँकी छ, त्यो निर्माण भएपछि पुलबाटै सवारी साधन सञ्चालन गर्न सकिन्छ”, आचार्यले भन्नुभयो, “त्यस्तै दुई वटा पुलको सुपर स्ट्रक्चर (ढलान गर्नुपूर्व) को काम भइरहेको छ, भने अन्य दुई वटामा पनि तीव्ररूपमा काम हुँदैछ ।”

    अहिले बर्खाको समय भएकाले कामदार थपेर कामको गति बढाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । “बर्खामा पुलको कामबाहेक अन्य ठाउँको काम गर्न सम्भव छैन, अन्य काम गर्नै नमिल्ने भएपछि मजदुर बढाएर मात्रै काम चाँडो हुँदैन”, आचार्यले भन्नुभयो । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ प्रमुख रमेशकुमार दिष्टीले दिनहुँजस्तो पानी परिरहेकाले पुल निर्माणबाहेक अन्य काम गर्न नसकिएको बताउनुभयो । “मनसुनका कारण आवश्यकतानुसार सडक विस्तारमा मजदुर परिचालन गर्न सकिएको छैन”, दिष्टीले भन्नुभयो, “दैनिकजसो पानी परिरहेको कारण मजदुरले पनि काम गर्न नपाउने र ठेकेदारले पनि काम दिन नसक्ने अवस्था छ ।” पानी पर्न रोकिने बित्तिकै सडक विस्तारका लागि रुख काट्न पनि जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो ।

    “आयोजना विस्तारका लागि कटान हुनुपर्नेमध्ये ९० प्रतिशत रुख काटेर सकिएको छ”, दिष्टीले भन्नुभयो, “दाउन्ने क्षेत्र र दुम्किबास क्षेत्रमा केही रुख काट्न बाँकी रहेका छन् तर पानी परिरहेको अवस्थामा रुख काट्न नमिल्ने भएर त्यो काम त्यसै रोकिएको हो ।” आयोजनाअन्तर्गत झण्डै ११ हजार रुख काटिने भन्दै दिष्टीले रुख काटेर सकिएलगत्तै विद्युत्को पोल सार्ने काम पनि शुरु गरिने बताउनुभयो । “बिजुलीको पोल हटाउन विद्युत् प्राधिकरण, ठेकेदार र हामी सबै तयार छौँ”, उहाँले भन्नुभयो, “पानी रोकिएपछि सडक विस्तारको काम द्रूत गतिमा हुने हामीले अपेक्षा गरेका छौँ ।” सडक विस्तारको कामको प्रगति आठ प्रतिशत भएको भन्दै दिष्टीले बर्खापछि कामले तीव्रता पाउने बताउनुभयो ।

    पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामलाई गैँडाकोट दाउन्ने (६५ किमी) सडकलाई ‘खण्ड १’ तथा दाउन्ने बुटवल (४९ किमी) सडकलाई ‘खण्ड २’ मा विभाजन गरेर निर्माणको काम भइरहेको छ । ग्लोबल टेन्डरमार्फत रु १६ अर्ब ९९ करोड ५२ लाखमा दुवै खण्डको निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनले पाएर निर्माणको काम अगाडि बढाएको हो । चार लेनमा विस्तार हुने सो सडकको शहरी क्षेत्रमा छ÷छ मिटरका अतिरिक्त सर्भिस लेन हुनेछ भने बीचमा हरियालीसहितको डिभाइडर रहने जनाइएको छ ।

    नवलपरासी पूर्व र पश्चिम तथा रुपन्देही गरी तीन जिल्ला छुने यस सडकमा साना ठूला गरी २१ वटा पक्की पुल निर्माण हुनेछन् भने जङ्गलमा चार वटा वन्यजन्तुमैत्री पुल निर्माण गरिनेछ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएको सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेगरी ठेक्का सम्झौता भएको थियो । रासस

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.