चितवन । चितवनमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले खैरहनी नगरपालिका ५ का ३५ वर्षीय अनिल अधिकारीलाई पक्राउ गरेको हो ।
उनलाई सोमबार बिहान ९:४५ बजे उनको घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पक्राउ परेका अधिकारीलाई उच्च अदालत पाटनले २०७७ माघ २२ गते बैंकिङ कसुर मुद्धामा ७ दिन कैद र २ लाख जरिवाना तोकेको थियो ।








