• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।

    राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो । विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ ।

    उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट अनुमति लिई रहनु नपर्ने र उडान गर्न सहज हुने भएकाले उद्धारका नाउँमा यस्ता खालका गतिविधि सञ्चालन हुने गरेका देखिएका छन् । कतिपय अवस्थामा स्थानीय प्रशासनबाट उडान अनुमति लिएर उडान भरेका हेलिकप्टरका गतिविधि पनि शङ्कास्पद देखिन थालेकाले नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

    सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने–“हेलिकप्टर आकाशमा उडान गर्ने साधन भएकाले त्यो साधनमा को मान्छे चढेका छन् ? के सामान बोकेका छन् ? भन्नेलगायतका विषयमा जाँच गर्न मुस्किल देखिएकाले हेलिकप्टरमा हुने गतिविधिमा निगरानी राख्न आवश्यक भएको हो ।” हाल सो निकुञ्जले उडान भर्दा नेपाली चालकले एक हजार, सार्क मुलुकको चालकले एक हजार पाँच सय रुपियाँ र अन्य मुलुकका चालकले निकुञ्जभित्र एक पटक उडान भर्दा वा बस्दा शुल्क तिर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ ।

    निकुञ्जभित्र कति हेलिकप्टर उडे, कुन क्षेत्रमा उडे र ती हेलिकप्टरले के गतिविधि सञ्चालन गरे भन्नेबारे जानकारी राख्नका लागि यस्तो व्यवस्था गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको चोरी सिकार तथा तस्करी बढी हुने गरेको छ । गत दुई वर्षयता यहाँ पासोमा पारेर दुई दर्जनभन्दा बढी कस्तुरीको बिना सिकारीले लगेको थियो ।

    दुईवटा घटनामा यति ठूलो सङ्ख्यामा कस्तुरीलाई चोरी सिकारीले मारेको सम्भवतः पहिलो घटना मानिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, डाँफे, झारल, घोरललगायतका वन्यजन्तु बढी चोरी सिकारी हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.