• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

चार महिनामै ६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य

  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । अन्य खाद्यवस्तुको मूल्य स्थिर रहे पनि खाने तेलको मूल्य अचाक्ली बढिरहेको छ । ‘कारण केही छैन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको बहानामा मूल्यवृद्धि गरियो,’ खुद्रा व्यवसायी चन्द्र थापाले भने, ‘कोभिडको अवसर पारेर मनलाग्दी गरे । कोभिडले थलिएका सर्वसाधारणलाई यसले थप मार परेको छ ।’

    मूल्यवृद्धि भए पनि सरकारी निकायले ध्यान दिएका छैनन् । न त गुणस्तर परिक्षणमै उनीहरूको चासो छ । २०७७ चैत १२ मा प्रतिलिटर २६० देखि ३०० रुपैयाँ पर्ने भुटेको तोरीको तेलको मूल्य अहिले ३२० देखि ३६० रुपैयाँ छ । प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तोरीको तेलको मूल्य बढेर संघले २०७८ साउन १७ मा २६० रुपैयाँ तोकेको छ । भटमास र सनफ्लावरको तेल अनि डाल्डा घिउको मूल्य पनि अचाक्ली वृद्धि भएको संघले जनाएको छ । उद्योगीहरूले घट्ने बेला प्रतिलिटर ५ रुपैयाँ घटाए पनि बढ्दा एकै पटक १५ देखि २० रुपैयाँसम्म वृद्धि गरेको संघका महासचिव अमूलकाजी तुलाधरले बताए । ‘उचारचढावसँगै पछिल्लो निषेधाज्ञामा तेलको मूल्य सामान्य घटेको थियो ।

    अहिले फेरि एक्कासि बढेको छ,’ उनले भने, ‘कारण नै छैन । हामीले सिधै फ्याक्ट्रीलाई सोध्न सक्दैनौं । तर होलसेलले फ्याक्ट्रीमै बढ्यो भन्छन् ।’ उद्योग र होलसेलमा मूल्य बढ्दा अनुगमन गर्ने निकाय भने चुप लागेको तुलाधरको आरोप छ । ‘लकडाउनका बेला कच्चा पदार्थ भित्रिएको थिएन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको दाबी गर्दै मूल्य बढाइन्छ,’ उनले भने, ‘मूल्य बढ्नुको आधार, मापदण्ड के हो, त्यो नियमन हुनुपर्थ्यो । तर हुन सकेन ।’ २०७७ चैत ८ मा प्रतिलिटर २२० रुपैयाँ रहेको भटमास तेल २०७८ साउन १७ मा २३५ रुपैयाँ, प्रतिलिटर २२५ रुपैयाँ पर्ने सनफ्लावर तेल २५० रुपैयाँ पुगेको संघले जनाएको छ । १८० रुपैयाँको डाल्डा घिउ बढेर २२० रुपैयाँ पुगेको छ ।

    केही पसलमा संघले निर्धारण गरेको मूल्यभन्दा पनि बढीमा बिक्री भइरहेको पनि उपभोक्ताकर्मी बताउँछन् । यद्यपि, नियामक निकाय भने मौन छन् । सरकारले मूल्य घटाउन निर्देशनबाहेक केही नगरेको उपभोक्ताकर्मीहरूको आरोप छ । उद्योगबाट मूल्य बढेपछि डिष्ट्रिब्युटर, होलसेल हुँदै खुद्रामा पनि मनलाग्दी भाउ पुग्छ । खाने तेल भारत निर्यात हुँदा यहाँ मूल्य बढेको होलसेल व्यवसायी सञ्जय फुयाँलले बताए । ‘बजारमा अभाव छ । किनभने सबै तेल भारत गइरहेको छ ।

    फ्याक्ट्रीले भनेजत्तिकै तेल नदिँदा पनि बजार मूल्यमा असर परेको हो,’ उनले भने, ‘निर्यात रोकिँदा यहाँ घटेको थियो । अहिले फेरि बढ्यो ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिन्छ । वार्षिक करिब ३४ हजार ४३४ टन उत्पादन हुन्छ । तेलहन ९तोरी, आलस, सनफ्लावर० खेती २ लाख ६१ हजार ४३२ हेक्टरमा हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । उक्त उत्पादन स्वदेशी उपभोक्तालाई पुग्दैन, जसकारण उद्योगीहरूले कच्चा पदार्थ क्रुड सोयाबिन र सनफ्लावर तेल अनि तोरीको कच्चा पदार्थ आयात गर्छन् । उनीहरूले ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट कच्चा पदार्थ ल्याउने गरेका छन् ।

    त्यसलाई रिफाइन गरेर पुनः भारत निर्यात गर्छन् । निर्यात गर्दा राम्रो मूल्य पाउने हुँदा व्यवसायीहरू त्यतातर्फ आकर्षित भएका हुन्, जसले गर्दा यहाँ बजारभाउमा असर गरेको फुयाँलले बताए । २०७७÷७८ मा ५३ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको ४५ करोड २६ लाख २६ हजार ५ सय किलो भटमासको तेल कच्चा आयात भएको भन्सार विभागको तथ्यांक छ । आयातीत वस्तुमध्ये दोस्रो यो नम्बरमा छ । २०७६÷७७ मा भने १८ अर्ब ७२ करोड ३६ लाख रुपैयाँको १९ करोड ९५ लाख ३६ हजार १ सय २६ किलो भटमासको कच्चा पदार्थ आयात भएको थियो ।

    तथ्यांकअनुसार निर्यातमा भटमासको तेल पहिलो नम्बरमै छ । २०७७र७८ मा ५३ अर्ब ६५ करोड १६ लाख रुपैयाँको २९ करोड ८० लाख ४३ हजार किलो भटमास तेल निर्यात भएको छ । जब कि अघिल्लो वर्ष १२ अर्ब ६९ करोडको निर्यात भएको थियो । मूल्यको विषय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेर्छ । गुणस्तर भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याब परीक्षणमार्फत गर्नुपर्छ ।

    तर यी विभाग सक्रिय नहुँदा मूल्यसँगै गुणस्तरमा पनि प्रश्न उठेको जानकारहरू बताउँछन् । यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन महर्जनले भने गुणस्तर परीक्षण गर्ने गरिएको दाबी गरे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले पनि व्यवसायीसँग अनौपचारिक छलफल गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकै कारण मूल्य बढाउनुपरेको स्विकारे । तर यसबारे विभागले अध्ययन गरिरहेको उनको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.