काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिने समयका लागि बैठक स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले सदनमा जानकारी गराए ।
बैठक २ बजेर ४५ मिनेटसम्म स्थगित गरिएको हो । विपक्षी गठबन्धनका कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर, बैठकमा सत्ता पक्षका सांसदहरु भने सहभागि छैनन् ।








