काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
‘सबल कांग्रेसका लागि हाम्रो अभियान’मा आवद्ध युवाहरूले कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् । उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने भएका छन् ।








