• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

अर्थमन्त्रीको वक्तव्यमाथि सांसदका जिज्ञासा

  •   बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् । सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उहाँलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गर्नुभयो ।

    नेपाली कांग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिनुभयो । सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सांसद उदया शर्मा पौडेलले गरीखाने वर्गले खोप पाउनुपर्ने बताउनुभयो । सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी भित्र्याउने कि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने भनी सरकार प्रष्ट हुनुपर्ने बताउनुभयो ।

    सांसद ठगेन्द्र प्रकाश पुरीले अध्यादेश बजेट प्रतिस्थापन विधेयक कहिले आउँछ भनी प्रश्न गर्दै त्यसमा राप्ती लोकमार्गले प्राथकिता पाउनुपर्नेमा जोड दिनुभयो । सांसद देवेन्द्र दाहालले प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले ल्याएको बजेटभन्दा नयाँ बजेट ल्याउन लागेको कि त्यही बजेटको आकार मात्रै बढाउन लागिएको हो भनी प्रश्न गर्नुभयो ।

    नेकपा (एमाले)की तुलसाकुमारी दाहालले पहिलोपटक कोरोनाको परीक्षण हङकङमा पठाइएकामा अहिले परीक्षण र उपचारमा नेपाल धेरै अघि बढिसकेको बताउनुभयो । सांसद भैरवसुन्दर श्रेष्ठ श्वेतपत्रमा यो सरकार पाँच दलीय गठबन्धन भन्ने उल्लेख भएको भन्दै ती दल कुन–कुन हुन भनी प्रश्न गर्नुभयो । नेपाली कांग्रेसकी अनिता देवकोटाले यसअघिको सरकारले अध्ययन नै नगरी भर्चुअल उद्घाटन भएका सडकको अवस्थाका बारेमा जिज्ञासा राख्नुभयो ।

    नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले माओवादी केन्द्र पटक–पटक सरकारमा संलग्न भएकाले विगतमा भएका कमजोरीको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिनुभयो । सांसद डा विमला राई पौडेलले चार महिना बढी भारतले गरेको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेको उल्लेख गर्दै गत आवमा कोभिड सङ्क्रमणका कारण राजश्व कम र खर्च बढ्दा सञ्चिती घटेको उल्लेख गर्नुभयो ।

    सांसद कोमल वलीले कोभिडको प्रभाव कृषि, उद्योग, पर्यटनमा कति प¥यो र त्यसविरुद्ध लड्न सरकारको तयारी के छ भन्ने विषयमा अर्थमन्त्री शर्मासँग जानकारी माग्नुभयो । सांसद विमला घिमिरेले सामाजिक सुरक्षा कार्यक्रममा के कुरा दोहोरिएको छ भनी प्रश्न गर्दै अघिल्लो सरकारले स्वास्थ्यमा छुट्याएको बजेटले निरन्तरता पाउँछ या पाउँदैन भनी जिज्ञासा राख्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.