काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९० जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ७९९, भक्तपुरमा १६३ र ललितपुरमा १२८ जना संक्रमित थपिएका हुन् । बिहिबार उपत्यकामा ११३३ संक्रमित थपिएका थिए । गत २४ घण्टामा देशभर ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।









