• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

काठमाडौं उपत्यकामा लकडाउन कडा गरिदैँ

  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेको र संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमासमेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताए ।

    उनले आमसर्वसाधारणले महामारीप्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमणको गति उकालो लाग्दै गएकाले अवस्थाको विश्लेषण गर्ने काम भइरहेको जानकारी दिए ।

    ‘काठमाडौं कोरोना संक्रमण बढ्दो छ, हामीले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मापडण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेका छौं, पछिल्लो अवस्थाकोसमेत विश्लेषण गर्ने काम हुँदै छ, आमसर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरिरहेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौंमा ८ हजार ५ सय ७९, ललितपुरमा १ हजार ३ सय १९ र भक्तपुरमा १ हजार ९ सय १८ संक्रिय संक्रमित छन् ।

    काठमाडौंमा परीक्षण गरिएकामध्ये २५ देखि ३० प्रतिशतलाई संक्रमण पुष्टि हुन थालेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी गरिरहेको जानकारी दिए । ‘संक्रमणको आगामी तथ्यांकको विश्लेषण गरेर कस्तो मोडालिटीमा नियोधाज्ञालाई अघि बढाउने भन्ने तय गर्छौं,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

    हाल भने काठमाडौं प्रसासनले राति ८ बजेबाट सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ । रातिको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको हो । हाल कोरोना संक्रमणको गति बढ्दै जाँदा काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामीसमेत बढ्न थालिसकेका छन् भने संक्रमितको संख्यासँगै मृत्युदरसमेत बढ्दै जान थालेको छ । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा ८ भदौसम्म कायम गर्ने निर्णय गरेका थिए ।

    काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हाल दैनिक १० हजार हाराहारीमा कोरोना परीक्षण भइरहेको छ । यो परीक्षण हेर्दा प्रत्येक चार जनामा एकलाई संक्रमण पुष्टि भइरहेको छ । परीक्षणका क्रममा काठमाडौं उपत्यकालगायत ठूला सहरमा दैनिक २० देखि २५ प्रतिशतसम्म संक्रमण पुष्टि भइरहेको मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयले शुक्रबार मात्रै कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै ७७ वटै जिल्लामा पहिलो र दोस्रो चरणमा सञ्चालित कोरोना अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले देशभरका बन्द कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताललाई पुनः सूचीकरण एवं सञ्चालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.