हेटौंडा । मकवानपुर प्रहरीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.८ बस्ने राज कुमार खड्का रहेका छन् ।
जिल्ला अदालत मकवानपुरको विसं. २०७६ भदौ २६ गतेलो फैसलाले चोरी मुद्दामा १ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी खड्कालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








