देवघाट तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर १ कोटमा नमुना चौतारीको उदघाटन देवघाट गाउपालिकाका अध्यक्ष दुर्ग बहादुर थापामगरले रिवन काटेर गर्नु भएको छ। सो चौतारी निर्माण कार्य सप्पन्न गर्नको लागि देवघाट गाउँपालिका बाट एक लाख बीस हजार सहयोग गरेको छ भने छिमेकी आमा समुह बाट एक लाख जनसहभागिता बाट पचास हजार बराबरको श्रमदान गरि दुई लाख सत्तरी हजार लागत खर्च भएको छिमेकी आमा समुहका अध्यक्ष थुतिमाया गुरुङले जानकारी दिनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष थापामगरले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास क्रमिक रुपमा अगाडी बढी रहेको र सम्पुर्ण जनसहभागिताको सहयोग बाट नै चौतारी निर्माण सम्पन्न भएको बताउनु भएको थियो। साथै आगामी दिनहरुमा पनि यसैगरी बिकासको योजनाहरुमा साझेदारी गरि अगाडी बढ्नेमा पनि जोड दिनुभएको थियो। कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ वडा नम्बर १ का वडा सदस्य सुन्दर भुजेल,बगमाया गुरुङ,मन बहादुर गुरुङ र नानुमाया बि।क,तनहुँ जिल्ला नेकपा जिल्ला सदस्य होम बहादुर गुरुङ,देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ,देवघाट १ नम्बर वडाका नेकपा पार्टी अध्यक्ष थम बहादुर झ्यारी,देवघाट ५ नम्बर वडाका नेकपा पार्टी अध्यक्ष केसव चन्द्र न्यौपाने,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ,समाजसेवी लेखनाथ पौडेल,समाजसेवि जुलिमाया सारु लगाएतको उपस्थिति रहेको थियो भने निर्माण समितिका अध्यक्ष मनमाया गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।








