हेटौंडा । मकवानपुर प्रहरीले खैरे हिरोइन जस्तो देखिने पदार्थ सहित हेटौंडाको रातोमाटेबाट शनिवार २ जनालाई पक्राउ गरेको छ । शनिवार साँझ पौने सात बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गलाई प्राप्त विशेष सूचनाको आधारमा हेटौंडा १५ रातोमाटेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले दुई जनालाई पक्राउ गरेको हो ।
सिमराबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३००२ प १९०२ न। को मोटरसाईकललाई रोकि जाँच गर्दा उक्त मोटरसाइकलका चितवन जिल्लाको राप्ती नगरपालिका।७ बिरेन्द्रनगर बस्ने ४२ बर्षीयको तेज बहादुर गुरुङ र सोहि मोटरसाइकलमा सवार राप्ती नगरपालिका ४ खुरखुरेका २९ बर्षीय अनमोल लामालाई खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको हो ।
उनीहरुले लुकाईछिपाई ल्याएको प्लास्टिकको २ वटा पोकामा रहेको लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम फेला परेको हुँदा उनीहरुलाई नियान्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।








