काठमाडौं । आज सूर्यग्रहण लाग्दै छ दक्षिण अमेरिका , अस्ट्रेलिया , दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।
झण्डै ४ घण्टा ८ मिनेट लाग्ने सूर्य ग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।उनका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्ने छ । यसको प्रभाव नेपालमा नरहने भएकाले सूतक बार्न नपर्ने उनले बताए ।








