देवघाट तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर ५ सुन्दरशिल टोल बिकास अन्तरगत रहेको मधुचन्द्र कृषि फार्ममा १सय ५० विरुवा वृक्षरोपण गरिएको छ। वृक्षरोपण कार्यक्रमको उदघाटन भने देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले आँपको विरुवा वृक्षरोपण गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो। करिब १० रोपनी क्षेत्रफलमा गरिएको वृक्षरोपणमा ५० लिची विरुवा,३०आँपका विरुवा,२० मेवाको विरुवा,२० कागती विरुवा,१० वयार,१० जामुन विरुवा र १० अम्बाको विरुवा रहेको मधुचन्द्र कृषि फार्मका प्रो प्राईटर चन्द्रप्रकाश दवाडीले जानकारी दिनुभएको थियोे। सो कार्यक्रममा देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोसन श्रेष्ठ,देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती,देवपुर सामुदायिक होमिस्टेका सचीव ॠषिराम सुवेदी,देवघाट सुन्दरशिल टोल बिकास सस्थाका अध्यक्ष श्रीलाल गुरुङ र स्याम बगाले लगाएतको उपस्थिति रहेकोे थियो।








