देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित सिता सामुदायिक वनको पिकिनिक स्थलमा आज शनिबार भएको अखिल नेपाल महिला संघ देवघाट गाउँ कमिटीको आयोजनामा मालप्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले अबको तिनवटै तहको निर्वाचनमा एमालेको बहुमत आउने दाबी समेत गर्नुभएको थियो ।
वर्तमान परमादेश सरकारले देशलाई अस्थिरतामा लैजाने कोशिष गरेको भन्दै अब निर्वाचन मार्फत त्यस्ता षड्यन्त्रहरुलाइ परास्त गर्नुपर्ने न्यौपानेको भनाइ राख्नु भएको थियो । नेकपा एमाले महिलाहरुको, किसानको मजदुरको तथा उत्पिडितहरुको प्रिय पार्टी भएको हुदा सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न तथा लालपुर्जा बिहिन जनतालाई पुर्जा दिन पनि अब हुने निर्वाचनमा एमालेलाई बिजयी गराउनुपर्ने न्यौपानेले बताउनु भएको थियो।
कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, नेकपा एमाले देवघाट गाउँ कमिटीका इन्चार्ज बाबुराम अधिकारी,नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाट क्षेत्र बिकास समितिको पुर्व अध्यक्ष शिवराज पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रम १ हजार ५ सय भन्दा बढिको सहभागिता रहेको थियो ।
कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ती,टुकनाथ अधिकारी,ठाकुर कुमारी काफ्ले,राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सान श्रेष्ठ,राष्ट्रिय युवा संघका देवघाट अध्यक्ष सुकु बहादुर गुरुङ,देवघाट बुद्धिजीवी परिषदका अध्यक्ष डा.सुरेन्द्र श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो भने अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।








