• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

मकवानपुरमा रासायनिक विषादीको प्रयोग घट्दो

  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत दामन, पालुङ, बज्रबाराही, टिस्टुङ, हाँडीखोला र इन्द्रसरोवर गाउँपालिकाका कुलेखानी, मार्खु, फाखेल, सिस्नेरी तरकारी र खाद्यान्न उत्पादनका लागि पकेट क्षेत्र नै मानिन्छ । उत्पादन बढाउन रासायनिक विषादी र मलको प्रयोग पनि अत्यधिक थियो । तर पछिल्लो समय यहाँका किसानले तरकारीमा रासायनिक विषादीको प्रयोग घटाएका छन् ।

    सट्टामा जैविक विषादी प्रयोग गर्न थालेका छन् । यदि रासायनिक विषादी प्रयोग गर्नु नै परे कृषि प्राविधिकसँग सल्लाह गरेर मात्र न्यून मात्रामा मात्रै प्रयोग गर्ने गरेको किसानहरू बताउँछन् । ३ वर्षअघि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी मापन गर्दा यहाँ उत्पादित तरकारी मानव स्वास्थ्यका लागि हानिकारक पाइएको थियो । त्यसपछि केही समय यहाँको तरकारीले बजार पाउन सकेन र बारीमै कुहियो । उक्त घटनाबाट सचेत र जागरुक जिल्लाका किसानहरूले तरकारीमा रासायनिक विषादीको प्रयोगमा कटौती गर्न थालेका हुन् ।

    ‘छिमेकीले तरकारीमा विषादी हालेपछि आफूले पनि हाल्ने गरेका थियौं,’ थाहा नगरपालिका–१० का धनवहादुर गमालले भने, ‘अहिले प्राविधिकसँग सल्लाह लिएर मात्र विषादी प्रयोग गर्ने गरेका छौं ।’ तरकारीमा गँड्यौलाको मल र प्रांगारिक मल प्रयोग गर्न थालेको उनले बताए । ‘अहिले आलु रोप्न भ्याइनभ्याइ छ । अधिकांश किसानले प्रांगारिक मल राखेर आलु रोपिरहेका छन्,’ उनले भने ।

    जिल्लाको उत्तरी क्षेत्रका अधिकांश स्थानीयको आम्दानीको मुख्य स्रोत तरकारी उत्पादन नै हो । उत्पादन बढाउन र रोग–किरा निवारण गर्न किसानहरूले रासायनिक विषादी र मल प्रयोग गर्थे । तर यस्तो तरकारीले आफ्नो र अन्य उपभोक्ताको समेत स्वास्थ्यमा असर गर्ने सचेतनासँगै अहिले विषादी प्रयोग ३०–३५ प्रतिशतसम्म घटेको बताउँछन् थाहा नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारी । ‘विगतमा शाखाले रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादी बनाउने तरिका तथा फाइदाबारे व्यापक रूपमा तालिम सञ्चालन गर्‍यौं । जसको परिणाम अहिले देखिँदै गएको छ,’ उनले भने । किसानहरू उपभोक्ता पनि भएकाले उत्पादित तरकारी आफैं प्रयोग गर्छन् ।

    त्यसमाथि विषादी छर्किंदासमेत उनीहरू जोखिममा रहन्छन् । यसकारण किसानहरू दोहोरो जोखिममा रहेको बताउँछन् कृषि विशेषज्ञ निर्मल गदाल । ‘विषादी राखेको तरकारी उपभोग गर्दा आफूहरूलाई पनि विभिन्न किसिमका रोग लागेको र असुरक्षित ढंगले तरकारी तथा खाद्यवालीमा विषादी हाल्दा त्यसको पनि असर पर्ने गरेको किसानले महसुस गर्न थालेका छन्,’ उनले भने, ‘तरकारी र खाद्यवालीमा प्रयोग गर्ने विषादीले आम उपभोक्ताभन्दा बढी सम्बन्धित किसानहरू बढी जोखिममा रहन्छन् ।

    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.